२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

काठमाडौं मेडिकल कलेजका संचालक शर्मालाई सिंहदरबारभित्रै कालोमोसो


जनमञ्च संवाददाता
  • ३० पौस २०७८ , शुक्रबार

  • काठमाडौं मेडिकल कलेजका संचालक शर्मालाई सिंहदरबारभित्रै कालोमोसो

    काठमाडौं, ३० पुस – काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई शिक्षा मन्त्रालयमै मोसो दलिएको छ।

    शिक्षमन्त्री देवेन्द्र पौडेलले शुक्रबार कलेज सञ्चालक शर्मा र विद्यार्थीसँग छलफल गरेका थिए। छलफल सकेर निस्केका वेला विद्यार्थीले मन्त्रालयको पहिलो तलामा मोसो दलेका हुन्।

    मोसो दल्नेहरू माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थी हुन्।

    काठमाडौं मेडिकल कलेजमा चिकित्सा शिक्षा आयोगले तोकिएको शुल्क भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्।

    लामो समयसम्म माग पूरा भएपछि विद्यार्थीले सञ्चालक शर्मालाई मोसो दलिएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलेले बताए। “उहाँले मेडिकल शिक्षामा जनताको छोराछोरी पढ्नै नसक्ने गरी कालो बाटो बनाउनु भयो, त्यही भएर उहाँलाई पनि कालो उपहार दिएका हौ,” पराजुलीले भने।

    घटनापछि प्रहरीले अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई नियन्त्रणमा लिएको छ।

    यसैबीच छलफलपछि शिक्षा मन्त्रालययले चिकित्सा शिक्षा आयोग, काठमाण्डौ मेडिकल कलेज, नेपाल मेडिकल कलेजलाई ५ बुँदे निर्णय गर्न गराउन निर्देशन दिएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend