पोखरा, ३० पुस – चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित ३ नम्बर पुलबाट स्कार्पियो त्रिशुली नदीमा खसेको छ । बा १३ च ४३६५ नम्बरको स्कार्पियो सडकबाट करिव ५० मिटर तल नदीमा खस्दा चालक सहित सात जना घाइते भएका छन् ।
उनीहरुको घटनास्थलबाट उद्धार गरि उपचारको लागी भरतपुर अस्पतालतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनकारी दिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अनियन्त्रीत भएर स्कार्पियो सडकमा खसेको अनुमान गरिएपनि घटनाको थप विवरण आउन बाँकी छ ।