काठमाडौं, २ माघ – नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ४९६१ जनामा कोरोना संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ४३५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ३ जना संक्रमितको मृत्यु भएको छ।