९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

दीपक समीपको ‘अक्षर अक्षरमा देश’ सार्वजनिक


जनमञ्च संवाददाता
  • ३ माघ २०७८ , सोमबार

  • दीपक समीपको ‘अक्षर अक्षरमा देश’ सार्वजनिक

    पोखरा, ३ माघ – साहित्यकार दीपक समीपको मुक्तक संग्रह ‘अक्षरअक्षरमा देश’ सार्वजनिक भएको छ । वरिष्ठ साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले समीपको नवीनत् कृति सार्वजनिक गरेका हुन् ।

    मुक्तक संग्रह विमोचनपश्चात साहित्यकार साहित्यकार सरुभक्तले गजल र कवितासँगै समीपले मुक्तकमा पनि सशक्त उपस्थिति जनाइरहेको बताए । उनले भने, ‘समीपको मुक्तककारका रुपमा भएको उपस्थिति हाम्रा लागि पनि सन्तोषको कुरा हो ।’

    साहित्यकार तीर्थ श्रेष्ठले पोखरेली युवा साहित्य परिवारले ३० को दशकमै टिकटमा मुक्तक कार्यक्रम गर्न सफल भएको स्मरण गरे । उनले मुक्तक छोटो भए पनि कठिन हुने सुनाए । ‘छोटो लेख्नु कठिन कुरा हो । लामो कविता लेख्नुभन्दा एउटा छोटो कविता लेद्यन कठिन हुन्छ,’ उनले भने ।

    पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्षसमेत रहेका समीपको यसअघि भूगोल नकोरिएको देश सार्वजनिक भइसकेको छ । कृतिको समीक्षा गर्दै नेपाली लेखक संघ कास्की अध्यक्ष सञ्जीव पौडेलले मुक्तक संग्रहमा मानवता, प्रेम, देशभक्ति, अस्तित्ववाद, यथार्थवाद समेटिएको सुनाए ।

    मुक्तक, कविता, गजलका साथै कथा, लघुकथा र गीतमा समेत कलम चलाउँदै आएका समीपले मुक्तक संग्रहमा आफ्ना अनुभव र अनुभूतिलाई समेटेको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend