८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
सक्रिय संक्रमितको संख्या ३९ हजार नाघ्यो, कहाँ कति ?

एकैदिन थपिए १० हजार २५८ जना कोरोना संक्रमित


जनमञ्च संवाददाता
  • ४ माघ २०७८ , मंगलबार

  • एकैदिन थपिए १० हजार २५८ जना कोरोना संक्रमित

    काठमाडौं, ४ माघ – पछिल्लो २४ घण्टामा थप दश हजार २५८ जना कोरोना संक्रमित थपिएका छन्। २२ हजार ८२८ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट १७ हजार ८७२ जनामा परीक्षण गर्दा आठ हजार ७३० जना तथा एन्टिजेन विधिबाट चार हजार ९५६ जनामा परीक्षण गर्दा एक हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो।

    यस अवधिमा एक संक्रमितको मृत्यु भएको मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। यसैगरी, ५६२ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। आज नेपालमा दुई लाख १३ हजार १४८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

    सक्रिय संक्रमितको संख्या ३९ हजार नाघ्यो, कहाँ कति ?

    हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । प्रदेश १ मा मोरङ,सुनसरी र झापामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। बागमती प्रदेशका ६ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन्। काठमाडौं, ललितपुर, भक्तरपुर, चितवन, मकवानपुर र काभ्रेपलान्चोकमा ५ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

    यस्तै, गण्डकीको कास्की, लुम्बिनकीको रुपन्देही र सुदूरपश्चिमको कैलालीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय बढी रहेको छ। ४ जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेका छन्। धनुषा,पर्सा, नवलपरासी पूर्व, बाँकै, दाङ र कञ्चनपुरमा २ सय बढी कोरोना संक्रमित रहेका छन्।

    देशभर कोरोना फैलिएसँगै सम्बन्धित जिल्ला प्रशासनहरुले कोरोना रोकथामसम्बन्धी आदेश जारी गरेका छन्। यसैक्रममा काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले मंगलबार कोरोना रोकथामसम्बन्धी अर्को आदेश जारी गरेका छन्।

    कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय (ललितपुर,भक्तपुर र काठमाडौं)ले एकै प्रकारका आदेश जारी गर्दै आज मध्यरातदेखि लागू हुनेगरी माघ मसान्तसम्म आमसभा, जुलुस,सभा, भेलालगायतका गतिविधिमा रोक लगाएका छन्।

    नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फेला परेपछि सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend