८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

गण्डकीमा जोशी र शर्माको प्यानलसहित उम्मेदवारी


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • गण्डकीमा जोशी र शर्माको प्यानलसहित उम्मेदवारी
    संस्थापन इतर समूहबाट सभापतिका उम्मेदवार शुक्रराज शर्मा (बाँया) र संस्थापन पक्षका उम्मेदवार अर्जुन जोशी

    पोखरा, १७ मंसिर  – नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
    सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्मा उम्मेदवार छन् । संस्थापन पक्षबाट उपसभापतिमा स्याङ्जाका मेषलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी दिएका छन् ।
    महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर आले र ओमकला गौतमले उम्मेदवारी दिएका छन् ।
    संस्थापन इतरबाट उपसभापतिमा स्याङ्जाकी कल्पना तिवारी र बागलुङका हरिप्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ । महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।
    सहमहामन्त्रीमा नै युवराज बस्ताकोटी र गणेश सापकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend