११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, को को परे ?


जनमञ्च संवाददाता
  • ६ माघ २०७८ , बिहिबार

  • विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, को को परे ?

    काठमाडौं, ६ माघ – आईसीसी टी-२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ। यस पटक केही खेलाडी टोलीमा परेका छैनन् भने केही नयाँ खेलाडी आएका छन्।

    नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको नेतृत्वमा १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँगको समन्वयमा नेपाली टोली छनोट गरिएको जनाएको छ।

    प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिता सकिए लगत्तै राष्ट्रिय टोली छनोट भएको हो। प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका लोकेश बम पनि १६ सदस्यीय नेपाली टोलीमा परेका छन्। उनले एपीएफका लागि सेमिफाइनलमा १८ बलमा ६६ रन बनाएका थिए।

    त्यस्तै, प्रदीप ऐरी पनि लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका छन्। त्यस्तै, जितेन्द्र मुखिया, विवेक यादव, शहाब आलम राष्ट्रिय टोलीमा परेका छन्।

    राष्ट्रिय टोलीका मुख्य बलर सोमपाल कामी, विकेटकिपर एवं ब्याट्सम्यान विनोद भण्डारी, रोहितकुमार पौडेल लगायत खेलाडी परेका छैनन्।

    को को परे नेपाली टोलीमा ?

    सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend