१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

यस्तो हुनेछ आगामी तीन दिनको मौसम


जनमञ्च संवाददाता
  • ७ माघ २०७८ , शुक्रबार

  • यस्तो हुनेछ आगामी तीन दिनको मौसम

    पोखरा, ७ माघ – पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरको मौसम सामान्य बदली भई केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। बागमती र प्रदेश १ का केही स्थानमा हल्का वर्षा र पहाडी भूभागमा हिमपात भइरहेको छ।

    आगामी २४ घण्टा देशभरको मौसममा सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। जसले चिसो बढ्न सक्ने जनाइएको छ।

    आज दिउँसो पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। तराईका भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागमा वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    त्यस्तै, आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    यसै गरी शनिबार दिउँसो पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही तराईका भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    यस्तै, आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend