१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
२४ घन्टामा गण्डकीका ९ सयलाई संक्रमण, २ जनाको मृत्यु

कास्कीका १३८ र बागलुङका ११ सहित गण्डकीका २६८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि


जनमञ्च संवाददाता
  • ७ माघ २०७८ , शुक्रबार

  • कास्कीका १३८ र बागलुङका ११ सहित गण्डकीका २६८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

    पोखरा, ७ माघ – गण्डकी प्रदेशले कोरोना उपचारका लागि तोकेको संक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख विकास गौचन कोरोना संक्रमित भएर होम आइसोलेसनमा छन् । दोस्रो पटक कोरोना संक्रमण यसअघि उनी पहिलो चरणमा कार्यरत छँदै संक्रमित भएका थिए ।

    संक्रमणदर घटाउन संस्थागत आइसोलेसनमै बस्नुपर्ने बताउँद आएका गौचनले आफू अहिले पनि संस्थागत आइसोलेसनमा बस्ने बताएका छन् । ‘यो महामारीलाई हलुका रुपमा नलिनुहुन अनुरोध छ,’ पुनसंक्रमित भइसकेपछि भनेका छन्, ‘अब संस्थागत आइसोलेनमा बस्नेछु ।’

    डा. गौचनसहित प्रदेशका २ सय ५० जना बढी स्वास्थ्यकर्मी कोरोना महामारीको तेस्रो लहरमा बढी प्रभावित भएका छन् । गण्डकीमा पछिल्लो एक महिनामै २ सय ६८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबै स्वास्थ्यकर्मीको संक्रमण सक्रिय छ ।

    निर्देशनालयको शुक्रबारको तथ्यांकअनुसार पुस ९ देखि शुक्रबारसम्म ठूलो संख्यामा कोरोना संक्रमण देखिएको हो । निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माका अनुसार संक्रमण पुष्टि हुने स्वास्थ्यकर्मीमा कास्कीका सबैभन्दा बढी छन् । उनका अनुसार कुल संक्रमित स्वास्थ्यकर्मीमध्ये कास्कीका मात्रै १ सय ३८ जना छन् ।

    स्वास्थ्य निर्देशनालयका अनसार तनहुँका ४२ जना, लमजुङका २० जना, नवलपुरका १७ जना, बागलुङका ११ जना, पर्वतका १० जना, म्याग्दीका ९ जना, मुस्ताङका ३ जना र गोरखाका ६ जना छन् । निर्देशनालयले सबै संक्रमितको संख्या सामान्य रहेको र होम आइसोलेसनमै रहेको जानकारी दिएको छ ।

    कोरोनाको महामारीको तेस्रो लहरमा स्वास्थ्यकर्मीमा पनि तनहुँ, म्याग्दी लगायतका विभिन्न स्वास्थ्य संस्थाले अत्यावश्यकबाहेकका सेवा बन्द गरिसकेका छन् । तेस्रो लहरमा स्वास्थ्यकर्मी बढी प्रभावित हुन थालेपछि केही दिनमै सबै सवा बन्द गर्नुपर्ने स्थिति आउन सक्ने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    यही अनुपातमा कोरोना संक्रमण पुष्टि भएमा केही दिनमा सबै स्वास्थ्यकर्मीको अभाव सुरु हुने सेवा नै बन्द हुन सक्ने निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले अस्पताल नै बन्द गर्नुपर्ने स्थिति आउन सक्ने चेतावनी दिए ।

    ‘धमाधम सबैमा कोरोना देखिएको छ । यस्तै भयो भने २, ३ दिनमा सबै स्वास्थ्यकर्मीलाई कोरोना देखिन्छ,’ उनले भने, ‘के गर्ने, कसरी गर्ने भन्ने भएको छ ।’ उनले स्थिति भयावह आइसकेकाले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे ।

    २४ घन्टामा ९ सयलाई संक्रमण, २ जनाको मृत्यु

    गण्डकीमा पछिल्लो २४ घन्टामा ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ सय जनामा गरिएको कोरोना परीक्षणमा आधाभन्दा बढीलाई संक्रमण पुष्टि भएको हो ।

    योसँगै गण्डकीमा सक्रिय संक्रमितको संख्या ४ हजार ११७ पुगेको छ भने पछिल्लो २४ घन्टामा १ सय २१ जनामात्रै निको भएका छन् । निर्देशनालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये ४ हजार ४१ जना होम आइसोलेनमा छन् ।

    निर्देशनालयको शुक्रबारको तथ्यांकअनुसार ७६ जना संक्रमित गण्डकीका विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये साधारण बेडमा २५ जना, एचडियू बेडमा ३५ जना र आयसियूमा १६ जना संक्रमित उपचाररत छन् । गण्डकीमा कुल १ हजार ३४ सरकारी अस्पतालका बेड तोकिएका छन् ।

    सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी कास्कीमा रहेको निर्देशनालयको तथ्यांक छ । कास्कीमा मात्रै २ हजार १५६ जना सक्रिय संक्रमित छन् ।

    प्रदेशको पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका ११ का ४० वर्षीय ४० वर्षीय र पर्वत कुश्मा नगरपालिका १३ का २३ वर्षीय महिला छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend