१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

एसईई परीक्षा प्रदेशले गर्ने ! एसईई वैशाखमा र १२ को जेठमा


जनमञ्च संवाददाता
  • ९ माघ २०७८ , आइतबार

  • एसईई परीक्षा प्रदेशले गर्ने ! एसईई वैशाखमा र १२ को जेठमा

    काठमाडौं, ९ माघ – यस वर्षको एसईई परीक्षा आउँदो वैशाखमा गराउन राष्ट्रिय परीक्षा बोर्डले तयारी सुरु गरेको छ । कोभिड-१९ को असरले गर्दा दुर्गम क्षेत्रमा ढिलो पढाइ सुरु भएकोले पढाइ चैतसम्म सकाउने र त्यसपछि परीक्षा गर्ने बोर्डको लक्ष्य हो ।

    विगत दुई वर्षमा कोभिड-१९ का कारणले एसईईको परीक्षा राम्ररी हुन सकेको थिएन । “विद्यार्थीमा अन्योलता रहेकोले यसबारेमा समयमै जानकारी दिन सूचना प्रवाह गरेका हौँ,” बोर्डका अध्यक्ष महाश्रम शर्माले भने ।

    उनका अनुसार चैतसम्म पठनपाठन गर्ने सुझाव आएपछि वैशाखमा एसईई र जेठमा कक्षा-१२ को परीक्षा गर्न बोर्डले तयारी थालेको हो ।

    बोर्डले शैक्षिकसत्र खेर जान नदिन सबै कुरा मिलाउनका लागि समयमै छलफल अघि बढाएको जनाएको छ । शर्माले भने, “ विगतमा कोभिडको कारणले तालिका प्रभावित भयो । तर, यसपटक परीक्षा हुन्छ र पठनपाठनमा विद्यार्थीको ध्यान जाओस् भनेर हो ।”

    संघीयताको मर्मानुसार कक्षा-८ को स्थानीय तहबाट, १० को प्रदेश तहबाट र कक्षा-१२ को परीक्षा केन्द्रीय तहबाट हुने भन्ने छ । उनले कक्षा–१० को परीक्षा मोडालिटीबारे छलफल सुरु गरिएको जानकारी दिए । कक्षा-१० को परीक्षा तालिकाबारे पनि छलफल चलिरहेको उनको भनाइ छ ।

    उनी भन्छन्, “अहिले विश्वविद्यालय र लोकसेवा आयोगकै परीक्षा रोकिएको अवस्थामा परिस्थिति हेरेर नोटिस निकाल्ने लाइनमा छौँ ।”

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend