९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

२३ जना चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमणपछि बेनी अस्पतालको सेवा बन्द


जनमञ्च संवाददाता
  • ९ माघ २०७८ , आइतबार

  • २३ जना चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमणपछि बेनी अस्पतालको सेवा बन्द

    म्‍याग्दी, ९ माघ – चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि म्याग्दीस्थित बेनी अस्पतालको सेवा प्रभावित भएको छ ।

    चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालले आइतबार (आज)देखि माघ १५ गतेसम्म सेवा बन्द गरेको हो ।

    अस्पतालमा कार्यरत २३ जना चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन् ।

    बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले एक हप्ताका लागि फिबर क्लिनिक (ज्वरोका बिरामी) र आकस्मिकबाहेकका सेवा बन्द गरिएको जानकारी दिए ।

    ‘जनशक्ति व्यवस्थापन र भीड बढेकाले एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेका हौँ’, उनले भने, ‘आकस्मिक र ज्वरोका बिरामीको उपचारलाई भने निरन्तरता दिएका छौँ।’

    पचास शय्या क्षमताको बेनी अस्पतालले हाल ६४ शय्या बराबरको सेवा दिइरहेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि २० शय्या क्षमताको एचडियुसहितको आइसोलेसन सञ्चालन गरेको छ । म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका दैनिक १०० जनाले सेवा लिने गरेका छन् ।

    म्याग्दीमा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १५० जनाभन्दा बढी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    शिक्षक र विद्यार्थीहरुमा कोरोना सङ्क्रमण देखिन थालेपछि माघ ५ देखि १५ गतेसम्मका लागि जिल्लाभरका विद्यालय बन्द भएका छन् ।

    रघुगङ्गा गाउँपालिकाको कार्यालयको अत्यावश्यक बाहेकको सेवा माघ १२ गतेसम्मका लागि बन्द भएको छ ।

    प्राकृतिक तातोपानीका कुण्ड र धार्मिकस्थलहरु माघ महिनाभरका लागि बन्द भएको छ ।

    जिल्ला प्रशासन कार्यालयले पालिकाअनुसार आलोपालो गरेर सेवा दिन थालेको छ ।

    सहायक प्रजिअ धिरेन्द्रराज पन्तले कोरोना सङ्क्रमण नियन्त्रणका लागि भीडभाड हुन नदिनका लागि अत्यावश्यक सेवाबाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्थालगायत विविध सिफारिससम्बन्धी सेवाका लागि पालो लगाइएको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend