२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

साढे १७ हजार शिक्षक माग्दा दुई लाख बढीको आवेदन


जनमञ्च संवाददाता
  • १० माघ २०७८ , सोमबार

  • साढे १७ हजार शिक्षक माग्दा दुई लाख बढीको आवेदन

    काठमाडौं, १० माघ – शिक्षक सेवा आयोगले प्राथमिकदेखि माध्यमिक तहसम्मका लागि साढे १७ हजार शिक्षक माग गर्दा दुई लाखभन्दा बढीले आवेदन दिएका छन् । आयोगले प्रावि तहमा १३ हजार दुई सय ९७, निमाविमा दुई हजार ६ सय ६ र माध्यमिक तहमा एक हजार पाँच सय ५२ शिक्षकका लागि विज्ञापन गरेको थियो । त्यसको १२ गुणा बढी आवेदन परेको छ ।

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार माध्यमिक तहका लागि ३६ हजार पाँच सय ५२ जनाको निवेदन परेको छ । त्यस्तै, निमावि शिक्षकका लािग ८६ हजार नौ सय १४ र प्राविका लागि ९७ हजार २९ आवेदन परेका छन् । प्रावि तहमा आवेदन फारम भर्ने समय अझै चार दिन बाँकी छ ।

    तीन वर्षको अन्तरालमा यति धेरै पदपूर्ति हुन लागेको र शैक्षिक योग्यता बढी भएकाले तल्लो तहमा पनि आवेदन दिएकाले संख्या धेरै भएको हुन सक्ने सूचना अधिकारी मरहठ्ठाको भनाइ छ । ‘प्राथमिक तहमा पदपुर्ति हुने दरबन्दी धेरै भएकाले पनि उमेरहद बढी नहुँदै सेवामा प्रवेश गर्नेको चाहना धेरै भएको हुन सक्छ,’ उनले भने, ‘धेरै संख्यामा दरबन्दी खुल्दा छनोट हुने सम्भावना धेरै भएकाले आवेदन दिनेको संख्या धेरै भएको हुन सक्छ ।’ सेवा–सुविधा बढ्दै गएकाले शिक्षण पेसाप्रति युवाको आकर्षण बढेको पनि हुन सक्ने उनको बुझाइ छ ।

    प्राविमा सबैभन्दा धेरै माग
    शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार दुई सय ९७ शिक्षक माग गरेको छ । यसमा खुलातर्फ सात हजार दुई सय तीन, आदिवासी जनजातितर्फ एक हजार पाँच सय ९०, मधेसी एक हजार दुई सय ९८, दलित पाँच सय ३०, अपांगता भएका दुई सय ९३ र पिछडिएको क्षेत्रबाट दुई सय ३४ शिक्षक माग गरिएको छ । त्यस्तै, करिब दुई हजार महिला शिक्षकको मागेको छ । जसमा खुलातर्फ एक हजार आठ सय ५४, दलित ६० र मुस्लिम ३० शिक्षक माग गरिएको छ ।

     सात लाख १७ हजारले लिए अध्यापन अनुमतिपत्र
    शिक्षक बन्नका लागि अहिलेसम्म सात लाख १७ हजार एक सय पाँच जनाले अध्यापन अनुमतिपत्र लिएका छन् । आयोगका अनुसार माध्यमिक तहमा अध्यापनका लागि एक लाख ४४ हजार तीन सय ८१, निमावि तहका लागि तीन लाख ७० हजार १२ र प्राविका लागि दुई लाख दुई हजार सात सय १२ जनाले अनुमतिपत्र लिएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend