९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

१० हजार ३१९ लाई कोरोना संक्रमण, चारको मृत्यु


जनमञ्च संवाददाता
  • १० माघ २०७८ , सोमबार

  • १० हजार ३१९ लाई कोरोना संक्रमण, चारको मृत्यु

    काठमाडौं, १० माघ – नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ८ हजार ५४ र एन्टिजेन विधिबाट २२ सय ६५ जनामा कोरोना पुष्टि भएको हो।

    मन्त्रालयले देशभरका ल्याबमा आरटी पीसीआर विधिबाट २१ हजार २०१ नमुना परीक्षण भएको थियो। त्यस्तै एन्टिजेन विधिबाट ४५ सय ४७ नमुना परीक्षण भएको थियो।

    यही अवधिमा थप चारजनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ। सोमबारसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend