१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

पोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित


जनमञ्च संवाददाता
  • १० माघ २०७८ , सोमबार

  • पोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित

    कास्की, १० माघ – पोखरा विश्वविद्यालयले माघ समान्तसम्‍म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

    विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

    परीक्षा नियन्त्रक प्रा. तुलसीराम भण्डारीले जारी गरेको सूचनामा भनिएको छ,  ‘कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्‍यनजर गर्दै यस विश्वविद्यालयअन्तर्गत माघ मसान्तसम्‍म सञ्चालन हुने पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशन नभइन्जेलसम्‍मका लागि स्थगित गरिएको व्‍यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ ।’

    स्थगित पीक्षाको तालिका पछि प्रकाशित गरिनेसमेत पोखरा विश्‍वविद्यालयले सूचनामा उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend