काठमाडौं, ११ माघ – पछिल्लो २४ घण्टामा १२ हजार ८ जना कोभिड १९ संक्रमित थपिएका छन् । २५ हजार ९०९ नमूनामा परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो । एकैदिन थपिएको संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।
आज ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।
आज ८ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।