८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
राष्ट्रिय सभा निर्वाचन

सुदूरपश्चिममा सत्ता गठबन्धनका उम्मेदवार विजयी


जनमञ्च संवाददाता
  • १२ माघ २०७८ , बुधबार

  • सुदूरपश्चिममा सत्ता गठबन्धनका उम्मेदवार विजयी

    धनगढी, १२ माघ – राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    हिलातर्फ नेकपा (एकीकृत समाजवादी) मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् ।

    प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तहमा १७५ र प्रदेश सभाका ५३ मतदाता रहेको सुदूरपश्चिममा कूल मतभार ५६४६ हो ।

    त्यसमध्ये नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेकी शाहले कुल ३ हजार ८ सय ३४ मतभार प्राप्त गरेर विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोष कुमारी थापाले प्रदेशतर्फ एक हजार ७२८ मत पाएकी छन् ।

    यस्तै माओवादी केन्द्रबाट उम्मेदवार रहेका जगत पार्की पनि विजयी भएका छन् । उनले पनि ३७६२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्धन्दी एमाले उम्मेदवार नरेश विश्वकर्माले १७८२ मतभार प्राप्त गरेका छन् ।

    यस्तै अन्य समूहतर्फ उम्मेदवार रहेको नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् उनले ३ हजार ७४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्धन्दी एमाले उम्मेदवार डिल्लीराज भट्टले एक हजार ८६६ मतभार प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend