बिराटनगर, १२ माघ – प्रदेश १ मा सत्तारूढ गठबन्धनका उम्मदवार गोलाप्रथाबाट राष्ट्रिय सभामा निर्वाचित भएका छन्।
बराबर मत आएपछि कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो। गोला प्रथा गर्दा बस्नेत निर्वाचित भए ।
एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।
बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे । बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।
राप्रपाका अमरबहादुर थापाले प्रदेशमा २ र स्थानीय तहमा ४ मत प्राप्त गरे । जसकाे मतभार १६८ छ ।