८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
राष्ट्रिय सभा निर्वाचन

गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित


जनमञ्च संवाददाता
  • १२ माघ २०७८ , बुधबार

  • गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

    पोखरा, १२ माघ – राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

    बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर,  भुवन सुनार र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् । आलेले ३०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् ।

    कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) गरी ५ दलीय गठबन्धनबाट उनीहरु उम्मेदवार बनेका थिए ।

    पन्तलाई स्थानीय तहबाट ९४ मत (१६९२ मतभार) र प्रदेशसभा सदस्यबाट २९ मत (१३९२ मतभार) प्राप्त भएको छ । उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले स्थानीय तहबाट ७४ मत (१३३२ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाइन् ।

    यसैगरी दलित कोटातर्फ भुवनबहादुर सुनारले स्थानीय तहबाट ९१ मत (१६३८ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाए । उनका प्रतिस्पर्धी एमालेका अर्जुनकुमार सुनामले स्थानीय तहको ७४ (१३३२ मतभार) र प्रदेशसभा सदस्यको २९ मत (१३९२ मतभार) पाए ।

    यस्तै अन्य कोटाबाट सुरेश आलेमगरले स्थानीय तहबाट ९२ मत (१६५६ मतभार) र प्रदेशसभा सदस्यको ३० मत (१४४०मतभार) पाए । उनका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले स्थानीय तहको ७५ (१३५० मतभार) र प्रदेशसभा सदस्यको २८ मत (१३४४ मतभार) पाए ।

    तीनैजना गठबन्धनका उम्मेदवार विजयी भए पनि गठबन्धनका केही मत एमालेलाई गएको प्रस्ट भएको छ ।

    गठबन्धनमा कांगेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जसपाका २/२ जना र एकजना स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) गरी ३२ सांसद भए पनि गठबन्धन र एमालेका महिला र दलिततर्फका उम्मेदवारले २९/२९ मत ल्याए । एमालेका २७ सांसद भए पनि महिला र दलिततर्फ २/२ र अन्यमा १ मत बढी ल्याए ।

    यसैगरी स्थानीय तहतर्फ पनि गठबन्धनसँग ९९ जनप्रतिनिधि रहेकोमा ५ जनाले मत क्रस गरेका छन् । एमालेका ६९ जनप्रतिनिधि रहेकोमा अन्यमा ६ र दलित तथा महिलामा ५ मत बढेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend