९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

गण्डकीमा सत्तारूढ गठबन्धनको निष्कर्ष: ‘गठबन्धनमा गम्भीर कमजोरी’


जनमञ्च संवाददाता
  • १३ माघ २०७८ , बिहिबार

  • गण्डकीमा सत्तारूढ गठबन्धनको निष्कर्ष: ‘गठबन्धनमा गम्भीर कमजोरी’

    पोखरा, १३ माघ – सत्तारूढ पाँच दलीय गठबन्धनको समीक्षा बैठकले गठबन्धनमा गम्भीर कमीकमजोरी रहेको निष्कर्ष निकालेको छ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका जनप्रतिनिधिले एमालेका उमेदवारलाई मत दिएकोबारे समीक्षा गर्न बिहीबार बसेको बैठकले गठबन्धनमा गम्भीर समस्या रहेको निष्कर्ष निकालेको हो ।

    बैठकले गठबन्धनका आ-आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने निर्णय गरेको छ । यद्यपि बैठकबारे जारी गरिएको विज्ञप्तिमा गठबन्धनका जनप्रतिनिधिले एमालेका उमेदवारलाई मत दिएकोबारे केही उल्लेख छैन । तर, बुधबार नेताहरूले यसबारे आज छलफल गरेर छानबिन गरिने बताएका थिए ।

    बैठकले निर्वाचित उमेदवारलाई बधाई पनि दिएको छ । यसैगरी बैठकले गठबन्धनको आवश्यकता र औचित्यलाई थप पुष्टि गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निष्कर्ष निकालेको विज्ञप्तिमा भनिएको छ ।

    हेर्नुहोस् विज्ञप्ति :No description available.

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend