२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

‘सुन्दर हिमाल’ले राख्यो विश्व कीर्तिमान


जनमञ्च संवाददाता
  • १५ माघ २०७८ , शनिबार

  • ‘सुन्दर हिमाल’ले राख्यो विश्व कीर्तिमान

    सोलुखुम्बु, १५ माघ – सबैभन्दा उच्च स्थानमा म्युजिक भिडियोको छायांकन गरेर पाँच जना नेपाली युवाले विश्व रेकर्ड कायम गरेका छन्। ५ हजार २० मिटरको उचाइमा रहेको सोलुखुम्बुको खारे (मेरा पिकजाने बाटो) मा पुगेर  गीत ‘सुन्दर हिमाल’को भिडियो छायांकन गर्दै गिनिज बुक अफ वल्र्डमा रेकर्ड कायम गरिएको हो।

    यसको गीत बुद्धिराज राई (दुर्लभ जन्तरे)ले लेखेका हुन्। गीतमा डीआर अटुको संगीत र टेक नाछिरिङको स्वर छ। कोरस गायनमा माया गुरुङ र शिखरजंग श्रेष्ठ ‘गजरकोटे’ ले साथ दिएका छन्। स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बरसिंह राई र किबोर्ड टेक नाछिरिङले बजाएका छन्। रेकडिस्टको भूमिका शिखरजंग श्रेष्ठ ‘गजरकोटे’ले निर्वाह गरेका छन्। उनीहरू सबै सञ्चारकर्मी तथा कलाकार हुन्।

    यो रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएको छ। गिनिज बुकको मान्यतासँगै यसअघि निर्माण भएको हाइएस्ट अल्टिच्युड म्युजिक भिडियो, ‘अनल्यान्ड’ शीर्षकमा नेपाली युवाहरू सञ्चबहादुर राई, पुष्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको हो।

    खारेमै खिचिएको म्युजिक भिडियोको निर्देशन बुद्धिराज राई (दुर्लभ जन्तरे)ले गरेका छन्। निर्देशक राईसँगै मोडल तथा डान्सर सिर्जना किराँती, पत्रकार तथा गीतकार शिखरजंग श्रेष्ठ ‘गजरकोटे’ र पर्यटन व्यवसायी लक्ष्मण कार्कीलगायतले अभिनय गरेका छन्। गंगाराम राईको छायांकन रहेको भिडियो गाउँले इन्टरटेनमेन्टले पोस्ट प्रोडक्सन गरेको हो। गीत रेकर्डिङ र

    भिडियो छायांकनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो। रेकर्ड राखेको गीत र भिडियो केही दिनमै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend