१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

अनि चन्द्र सतहमा दौडिनेछ टोयोटाको ‘लुनार क्रुजर’


जनमञ्च संवाददाता
  • १५ माघ २०७८ , शनिबार

  • अनि चन्द्र सतहमा दौडिनेछ टोयोटाको ‘लुनार क्रुजर’

    विश्वप्रसिद्ध सवारीसाधन निर्माता टोयोटा अहिले जापानको अन्तरिक्ष संस्थासँग मिलेर काम गरिरहेको छ।

    कम्पनीले चन्द्र सतह अनुसन्धानका लागि आफ्नो सवारीसाधन पठाउने तयारी गरिरहेको हो। यसको मूल उद्देश्य सन् २०४० सम्ममा त्यहाँ मानिसको बसोबासका लागि मद्दत गर्नु रहेको कम्पनीका अधिकारीहरुले जनाएका छन्।

    टोयोटाले त्यसका लागि अहिले जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीसँग मिलेर विकास गरिरहेको सवारीसाधनको नाम भने लुनार क्रुजर रहेको छ। जुन टोयोटाको ल्यान्ड क्रुजर एसयूभीसँग मिल्दोजुल्दो नाम हो।

    लुनार क्रुजरको प्रक्षेपण यही दशकको अन्त्यतिर गरिनेछ।

    टोयोटा मोटर कर्पमा लुनार क्रुजर परियोजनाको नेतृत्व गरिरहेका ताकाओ सातो बाहिरी अन्तरिक्षमा पनि कारहरुमा अरुसँगै मानिसहरुले खान, काम गर्न, सुत्न र सञ्चार गर्न सकिने अवधारणामा आधारित भएर यसको विकास गरिरहेको बताउँछन्।

    ‘हामी अन्तरिक्षलाई शताब्दीमा एकपटक हुने रुपान्तरणको क्षेत्र मान्छौँ। त्यहाँ गएर हामी दूरसञ्चार र अन्य प्रविधि विकास गर्नसक्छौँ जसले मानव जीवनमा आफूलाई मूल्यवान् प्रमाणित गर्नेछ’, सातोले भने।

    टोयोटासँगै भेन्चर सम्झौता गरेको गिताइ जापान इन्कले लुनार क्रुजरका लागि एक रोबोटिक आर्म विकास गरेको छ। यसको डिजाइन निरीक्षण र मर्मतसम्भार गर्न सक्ने गरी गरिएको छ। यसले विभिन्न स्वरुपमा परिवर्तन भएर फरक फरक काम गर्न सक्छ।

    गिताइका प्रमुख कार्यकारी शो नाकानोसेले अन्तरिक्षमा प्रक्षेपणको चुनौती पूरा भएको तर त्यहाँ अन्तरिक्षयात्रीका लागि ठूलो खर्च लागत र खतरा रहेको बताए। त्यही भएर रोबोट नै सहज हुने उनको भनाइ छ।

    सन् १९३० को दशकमा संस्थापना भएयता टोयोटाले समयक्रमसँगै आफ्नो मुख्य व्यवसाय सकिने चिन्ता गर्दै आएको छ। कम्पनीले घरजग्गा, जहाज, जेट र रोबोटलगायतका क्षेत्रमा भेन्चर गरेको छ। यसको वुभन सिटीको निर्माण यही वर्षदेखि सुरु हुँदै छ।

    जापानीहरुको चन्द्रमा अन्वेषणको चाहना उत्कट रुपमा बढिरहेको छ।

    एक निजी जापानी भेन्चर आईस्पेस इन्कले पनि लुनार रोभर, अवतरण र अर्बिटिङमा काम गरिरहेको छ। जुन यही वर्षको अन्त्यतिर चन्द्रमामा अवतरण गर्ने तालिका छ।

    व्यवसायी युसाकु माइजावाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनकै वरपर तैरिएर धेरै भिडिओहरु खिचेका थिए। उनले टेस्ला सीईओ इलोन मस्कको स्टारसिपमा चन्द्र परिक्रमाको लागि टिकट नै बुक गरिसकेका छन्।

    टोयोटाका इन्जिनियर शिनिचिरो नोदाले लुनार परियोजनालाई लिएर धेरै उत्साहित भएको बताए। उनका अनुसार यो परियोजना कम्पनीको ग्राहकलाई गर्ने दीर्घकालीन सेवाको विस्तार हो। र चन्द्रमाले पृथ्वीमा जीवनका लागि मूल्यवान् स्रोत उपलब्ध गराउन सक्ने उनको भनाइ छ।

    ‘चन्द्रमामा टोयोटा कार पठाउने हाम्रो मिसन हो’, उनले भने, ‘टोयोटाका सवारीसाधन संसारमा यत्रतत्र छन्, तर योसँगै हामी यसअघि कहिल्यै नपुगेको ठाउँमा पुग्न सफल हुनेछौँ।’ एपी

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend