काठमाडौं, १६ माघ – नेपालमा कोरोनाभाइरस संक्रमणदर एक सातामै करिब ४ प्रतिशतले ओरालो लागेको छ। कोरोनाको तेस्रो लहर सुरु भएको छोटो समयमै संक्रमणदर घट्न थालेको हो।
जसमध्ये ५५ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो। तर यो साता १ लाख १ हजार ३ सय ११ पीसीआर परीक्षण हुँदा ४२ हजार ५९६ जनामा मात्रै संक्रमण देखिएको हो।
तर एन्टिजेन परीक्षणबाट भने संक्रमण दर केही बढी देखाएको छ। अघिल्लो हप्ता गरिएको ३२ हजार ९९६ एन्टिजेन परीक्षणमा ११ हजार ८ सयमा संक्रमण पुष्टि भएको थियो।
यो हप्ता ३९ हजार ८३४ एन्टिजेन परीक्षण गर्दा १४ हजार ३५५ जनामा संक्रमण पुष्टि भएको हो।
एन्टिजेनतर्फ संक्रमणदर बढेर ३६.१ प्रतिशत पुगेको छ। अघिल्लो हप्ताको तुलनामा संक्रमण दर २.७ ले बढेको हो। तर दुवैतर्फ औसतमा ४ प्रतिशतले संक्रमण दर घट्न पुगेको हो।