८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
साँझसम्म नेपाल फर्काउने तयारी

मलेसियामा अलपत्र नेपालीको उद्दारमा जापानी दूतावास सक्रिय


दीपक गाैतम
  • १७ मंसिर २०७८ , शुक्रबार

  • मलेसियामा अलपत्र नेपालीको उद्दारमा जापानी दूतावास सक्रिय

    जापान – टोकियोस्थित जापानी दूतावासले मलेसियामा अलपत्र परेका नेपालीको उद्दारका लागि पहल भइहेको बताएको छ ।

    जापान आउनका लागि हिमालय र मालेदो एयरको विमानबाट मलेसिया पुगेका ३२ नेपालीलाई मलेसियाको विमानस्थलले ‘बोर्डिङ’ पास नदिएपछि अलपत्र परेका छन् ।

    कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेसँगै जापानले विदेशीको आवागमनमा कडाइ गरेको हो ।

    ३२ जनामध्ये १ जना पुनःप्रवेश गर्ने व्यक्ति रहेको तर संगै नयाँ प्रवेश गर्ने बच्चा पनि भएकाले रोकिएको टोकियोस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत अम्बिका जोशीले जानकारी दिए ।

    सकेसम्म सबैलाई जापान प्रवेश गर्ने वातावरण मिलाउने कोसिस भैरहको जोशीको भनाइ छ । ‘हामीले कोसिस गरिरहेका छौ’, उनले भने, ‘के हुन्छ यसै भन्न नसकिने अवस्था छ ।’

    हिमालय एयरको विमानबाट आएका २३ र मालेदो एयरको विमानबाट आएका ९ जना गरी ३२ नेपाली अहिले मलेसियाको विमानस्थलमा अलपत्र परिरहेका छन् ।

    मलेसियाको विमानस्थलममा रहेका रामशरण भट्टले दिएको जानकारीअनुसार एयर वयज कम्पनीहरुले आ–आफ्ना यात्रुलाई नेपाल फर्काउने तयारी थालेका छन् ।

    ‘हिमालय एयरका कर्मचारीले आज बेलुकासम्ममा नेपाल फर्काइने जानकारी दिएका छन्’, उनले भने, ‘समय यकिन भनेका छैनन् ।’

    विमानस्थलको गलत सूचनाका कारण यस्तो अवस्था आएको उनको भनाइ छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend