८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

करिब ८ महिनामा कोरोनाबाट शुक्रबार शून्य मृत्यु


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • करिब ८ महिनामा कोरोनाबाट शुक्रबार शून्य मृत्यु

    काठमाडौं, १७ मंसिर – नेपालमा ७ महिना २४ दिनपछि पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्यु शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कुनै पनि कोरोना संक्रमितको मृत्य भएको छैन ।

    यसअघि गत चैत २७ गते नेपालमा कोरोना संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकरीले जानकारी दिए । यस्तै गत जेठ ५ मा एकै दिन सबैभन्दा बढी २ सय ४६ जनाको मृत्यु भएको थियो ।

    स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार ११ हजार ५ सय ३५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा १० लाख जनसंख्यामा औसत मृत्यु ३ सय ८० जना रहेको छ ।

    यससँगै पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४६ जना संक्रमित थपिएका छन् । ७ हजार ८ सय ३६ जनाको नमूना परीक्षण गरिएकोमा हाल नेपालमा सक्रिय संक्रमितको संख्यामा ६ हजार ९ सय २१ रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend