काठमाडौं, १८ माघ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आज (मंगलबार) बिहान ललितपुरको पुल्चोकमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झन्डा देखाएका छन्। ‘संविधानबमोजिम समयमै स्थानीय तहको चुनाव घोषणा गर्न’ माग गर्दै अनेरास्ववियुले आन्दोलन थालेको हो।
सोही कार्यक्रमअन्तर्गत अनेरास्ववियुका नेता/कार्यकर्ताले आज बिहान सञ्चारमन्त्रीको निवासअगाडि कालो झन्डा देखाएर विरोध प्रदर्शन गरेका हुन्। आन्दोलन जारी रहने अनेरास्ववियुले जनाएको छ ।

