९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न आयोगका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच सहमति


जनमञ्च संवाददाता
  • १८ माघ २०७८ , मंगलबार

  • जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न आयोगका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच सहमति

    काठमाडौं, १८ माघ – स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने सहमति भएको छ। मंगलबार निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा आयोगले २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न परामर्श दिएको थियो।

    आयोगले राखेको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए। ‘आज प्रधानमन्त्रीसँग हामीले स्थानीय तहको निर्वाचनको मितिबारे परामर्श गर्न भेटेका थियौँ। आयोगले निर्वाचनको मिति जेठ ४ गतेलाई प्रस्ताव गर्‍यो,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले जेठ ४ गतेको मितिमा सहमति जनाउनुभएको छ।’

    छलफलमा प्रधानमन्त्री देउवाले आयोगलाई निर्वाचनको तयारी थाल्न निर्देशनसमेत दिएका छन्। ‘सरकारले मन्त्रिपरिषदबाट छिट्टै निर्वाचनको मिति घोषणा गर्छ, तपाईंहरूले निर्वाचनको तयारी थाल्नुस् भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ थपलियाले भने।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend