१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
निर्वाचन आयोगले भन्यो :

स्थानीय तहको निर्वाचन गर्न १२ अर्ब खर्च


जनमञ्च संवाददाता
  • १८ माघ २०७८ , मंगलबार

  • स्थानीय तहको निर्वाचन गर्न १२ अर्ब खर्च

    काठमाडौं, १८ माघ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा आयोगका पदाधिकारीहरूले सरकारसँग ७५३ वटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा करिब १२ अर्ब रुपैयाँ खर्च हुने बताएका हुन् ।

    निर्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा धेरै बजेट खर्च हुने आयोगको भनाइ छ । ०७४ सालमा तीन चरणमा निर्वाचन गर्दा ८ अर्बभन्दा बढी रकम खर्च भएको आयोगले जनाएको छ ।

    ‘२०७४ को निर्वाचनपछि करिब २० लाख मतदाता थपिएका छन् । अब सोही अनुपातमा मतदान स्थल तथा मतदान केन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट वृद्धि हुनेछ,’ आयोगले भनेको छ ।

    आयोगले मतदानको स्वच्छता र निष्पक्षता तथा मतदान केन्द्रमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न मतदान केन्द्र तथा मतगणना स्थलहरुमा सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने भएकाले खर्त वृद्धि हुने जनाएको छ । साथै कोभिड-१९ को कारण स्वास्थ्य सुरक्षा मापदण्डका लागि समेत थप खर्च हुने आयोगको अनुमान छ ।

    सरकारले जेठ ४ मा स्थानीय तह निर्वाचन एकै चरणमा गर्ने तयारी गरेको छ। आज प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरूसँग छलफल गर्दा एकै चरणमा जेठ ४ मा स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको थियो। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदबाट स्थानीय चुनावको मिति तय गर्ने बताएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend