९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्थानीय चुनाव तयारीका लागि एमाले सचिवालय बैठक आज बस्दै


जनमञ्च संवाददाता
  • १९ माघ २०७८ , बुधबार

  • स्थानीय चुनाव तयारीका लागि एमाले सचिवालय बैठक आज बस्दै

    काठमाडौं, १९ माघ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्। आज दिउसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन्।

    निर्वाचन आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको छ। त्यसअनुसार, सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ। स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी ५ जेठमा सकिँदै छ।

    सरकारले स्थानीय तहको चुनावको घोषणा गर्ने भएपछि त्यसको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो।

    यससँगै सचिवालय बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख रिजालले जनाएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend