१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

अन्तरिक्ष यानमा पहिलो महिला कमान्डर


जनमञ्च संवाददाता
  • २० माघ २०७८ , बिहिबार

  • अन्तरिक्ष यानमा पहिलो महिला कमान्डर

    काठमाडौं, २० माघ – अमेरिकी नागरिक इलिन कोलिन्स ‘स्पेस सटल’ कमान्ड गर्ने पहिलो महिला हुन्। सन् १९९५ फेब्रुअरी ३ मा उनले डिस्कभरि यानलाई रुसी मीर अन्तरिक्ष स्टेसनमा उडाइन्।

    उनको अन्तिम अन्तरिक्ष उडान ‘रिटर्न टु फ्लाइट’ थियो। जुन स्पेस सटल कोलम्बिया दुर्घटना भएपछिको पहिलो हो। कोलिन्सले अन्तरिक्षमा झन्डै ३९ दिन बिताइन्। कोलिन्स अमेरिकाकी वायुसेनाको कर्णेल, सैन्य प्रशिक्षक र पहिलो महिला टेस्ट पाइलट पनि रहिन्।

    उनी सन् १९५६ को नोभेम्बर महिनामा अमेरिकाको न्युयोर्कमा जन्मिएकी हुन्। सन् १९८५ मा स्पेस सिस्टम म्यानेजमेन्टमा उनले मास्टर अफ आर्टस् गरेकी थिइन्। कोलिन्सलाई सन् १९९० मा अन्तरिक्ष यात्री चुनिएको थियो। सन् २००६ मा उनी नासाबाट सेवानिवृत्त भइन्।  नासा 

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend