९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
सबभेरियन्ट कति घातक ?

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बीए.२ ले संक्रमण बढी


जनमञ्च संवाददाता
  • २० माघ २०७८ , बिहिबार

  • नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बीए.२ ले संक्रमण बढी

    काठमाडौं, २० माघ – नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ । अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताउँदै आएका छन् । नेपालका जनस्वास्थ्यविदले पनि संक्रमण फैलाउनका लागि ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ को ठूलो भूमिका रहेको बताएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्‍याण्डम स्याम्पलिङ विधिबाट पुस महीनामा कोरोना पोजेटिभ आएका १ हजार १४६ नमूना संकलन गरिएको थियो । त्यसको एसजिन स्त्रिmनिङ गर्दा २५० वटा अर्थात २२ प्रतिशत नमूनामा ‘एसजिन नेगेटिभ’ आयो । एसजिन नेगेटिभ आएका २५० मध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गरिएको थियो, सबै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

    त्यसको झन्डै दुई हप्ताको अन्तरालमा माघ ९ गतेसम्म आइपुग्दै गर्दा जिन सिक्वेन्सिङ गरिएकामध्ये ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनायो । तर, त्यसबेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘एस जिन पोजिटिभ’ आएका नमूनाको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

    यसले के प्रष्ट गर्छ भने स्त्रिmनिङ गर्दा ‘एस जिन पोजिटिभ’ आएका नुमना ओमिक्रोनको बी.ए २ हुन् ।

    लक्षण उस्तै तर बढी संक्रामक

    धुलिखेल अस्पतालका जेनेटिक ल्याब प्रमुख प्रा.डा. राजिव श्रेष्ठका अनुसार ओमिक्रोनका तीन प्रजाति छन् । जसमा बी.ए १, बी.ए २ र बी.ए ३ छन् । जसमध्ये नेपालमा बी.ए ३ पुष्टि भइसकेको छैन ।

    ‘ओमिक्रोनको बी.ए १ मा ‘एसजिन नेगेटिभ’ आउँछ । तर, बी.ए २ मा ‘एस जिन पोजिटिभ’ देखिन्छ,’ डा. श्रेष्ठले भने । दुबई, युके लगायतका देशबाट आएका मानिसले ओमिक्रोनको बी.ए १ भित्राएका थिए । तर, भारतमा बी.ए २ फैलिपछि त्यसको प्रभाव नेपालमा पर्न गरेको डा. श्रेष्ठ बताउँछन् ।

    ‘ओमिक्रोनको सबै सबभेरियन्टमा लक्षण समान नै हुन्छ । तर, स्पाइक प्रोटिनमा बी.ए १ भन्दा बी.ए २ को म्युटेसनको क्षमता बढी हुन्छ,’ डा. श्रेष्ठ भन्छन्,’ अहिलेको नमूनामा बी.ए २ भेटिएको छ । यसले के जनाउँछ भने नेपालमा संक्रमण फैलाउन बी ए २ को ठूलो भूमिका छ ।’

    सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन पनि डा. श्रेष्ठको भनाइमा सहमत छन् । ‘सरकारले २३ पुसमा २२ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको सूचना जारी गरेको थियो । तर, त्यसको दुई हप्तामा नै कूल नमूनामध्ये ८८ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइयो,’ डा. पुन भन्छन्,’ अस्पताल आएका बिरामीको समस्या सुन्दा ओमिक्रोनको अर्को प्रजातिले संक्रमण बढाइरहेको त्यसबेला नै मैले शंका गरेको थिएँ ।’

    त्यसबेला ओमिक्रोन संक्रमितहरुमध्ये धेरैले स्वर परिवर्तन, घाँटीमा केही चिज अड्केको जस्तो अनुभव र नाकबाट पानी बग्ने गरेको सुनाउने गरेको डा. पुन बताउँछन् । ‘ओमिक्रोन सबभेरियन्ट बी.ए १ नेपालमा हुँदा धेरै मानिसहरु अस्पताल आएका थिएनन् । तर, माघको पहिलो हप्ताबाट अस्वाभाविक लक्षण लिएर आएका थिए,’ डा. पुनले भने,’ ८८ प्रतिशत नमूनामा ‘एस जीन पोजेटिभ’ देखिनु भनेको म्युटेसन परिवर्तन भएको बुझिन्छ । यसको मतलव नेपालमा बी.ए २ ले गर्दा नै संक्रमण फैलिएको देखियो ।’

    ओमिक्रोनको सबभेरियन्टहरुमा खासै गम्भीरता वा घातक नभएको अध्ययन अनुसन्धान देखाएको छ । तर, बी.ए १ भन्दा बी. ए २ बढी संक्रामक छ । ‘ओमिक्रोनको सबभेरियन्ट बी.ए १ देखिँदा अस्पतालमा बिरामी भर्ना भएन । माघको पहिलो हप्तामा अस्पतालमा परामर्श लिन आउने संख्या बढ्यो । बी. ए २ ले गर्दा नै अस्पतालमा भर्ना हुने संख्या बढेको देखियो,’ डा. पुन भन्छन् ।

    सबभेरियन्ट कति घातक ?

    त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ता अहिले सबभेरियन्ट बी.ए २ फैलिरहेको बताउँछन् । ‘सुरुका दिनमा ‘एस जीन नेगेटिभ’ ओमिक्रोन पुष्टि हुने गरेका थिए । पछिल्लो दुई-तीन हप्तादेखि ‘एस जीन पोजेटिभ’ देखिएको पाइएको छ । जसले हामीकहाँ बी. ए २ फैलिरहेको देखाउँछ,’ गुप्ताले भने ।

    जनस्वास्थ्यविद् डा. किरण पाण्डे ओमिक्रोनको बी. ए १ भन्दा बी. ए २ बढी संक्रामक रहेको बताउँछन् । ‘नयाँ प्रजाति आउँदा बढी संक्रामक भएर देखिन्छ । कम संक्रामक हुने भए हराएर जान्छ । संक्रामक बढी भएका कारणले ओमिक्रोनको बी. ए १ लाई बी. ए २ विस्थापित गरिसकेको छ,’ डा. पाण्डे भन्छन् ।

    तर, ओमिक्रोनका सबभेरियन्ट के-कति घातक छन् भनेर हालसम्म प्रस्ट भइसकेको छैन । विद्यमान खोपले ओमिक्रोन र यसका सब भेरियन्टविरुद्ध राम्रो काम गरेको गुप्ता बताउँछन् । ‘खोपहरु सबै एस जीनबाट निर्माण छन् । ओमिक्रोनका सबभेरियेन्टमा एस जीन पोजेटिभ आउनुले खोपले राम्रो काम गर्छ । खोप लगाएका मानिसलाई कम घातक हुन्छ,’ गुप्ता भन्छन् । ‘बी ए.२ ले बी ए.१ लाई प्रतिस्थापन गरेको देखिएको उल्लेख गर्दै खोपले निकै राम्रो सुरक्षा दिने भएकाले असर त्यति ठूलो हुने संभावना नहुने उनको तर्क छ ।

    जनस्वास्थ्यविद्हरुका अनुसार नै ओमिक्रोनको सबभेरियन्टले बी ए.२ कारणले नै अस्पतालमा भर्ना भएका तथा मृत्यु भएका केसहरु बढिरहेका छन् । स्वास्थ्य मन्त्रालयका तथ्यांकले के प्रष्ट हुन्छ भने माघको पहिलो साताबाट अस्पतालमा भर्ना हुने मृत्यु हुने संख्या बढिरहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend