११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

७ लाखभन्दा बढी कारोबार गर्नेमाथि राष्ट्र बैंकले थाल्यो निगरानी


जनमञ्च संवाददाता
  • २१ माघ २०७८ , शुक्रबार

  • ७ लाखभन्दा बढी कारोबार गर्नेमाथि राष्ट्र बैंकले थाल्यो निगरानी

    काठमाडौं, २१ माघ – नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई पत्र लेख्दै ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ।

    राष्ट्र बैंक सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म बैंकमा ७ लाखभन्दा बढी नगद कारोबार भएका प्रत्येकको विस्तृत विवरण माग गरेको हो।

    जसमा राष्ट्र बैंकले खातावालाको नाम, खाता नम्बर, कारोबार रकम, झिकेको वा जम्मा गरेको लगायतका विवरण माग गरेको छ।

    राष्ट्र बैंकले वाणिज्य बैंकलाई लेखेको पत्रमा भनिएको छ, ‘यस विभागको सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले त्यस बैंकको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाका विषयमा स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको विदितै छ। सोही सन्दर्भमा त्यस बैंकबाट २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म प्रति कारोबार ७ लाख रुपैयाँभन्दा बढी नगदमा भएका कारोबारहरुको तोकिएको ढाँचामा विभागको इमेलमा माघ २४ गतेभित्र उपलब्ध गराइदिनु,’।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend