१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
मध्यपहाडी लोकमार्ग अबरुद्ध

बागलुङको माथिल्लो क्षेत्रमा भारी हिमपात, जनजीवन कष्टकर


जनमञ्च संवाददाता
  • २१ माघ २०७८ , शुक्रबार

  • बागलुङको माथिल्लो क्षेत्रमा भारी हिमपात, जनजीवन कष्टकर
    काठेखोला गाउँपालिका–५ बिहुँमा परेको हिउँ ।

    बागलुङ, २१ माघ – बागलुङको माथिल्लो क्षेत्रमा यो बर्षकै भारी हिमपात भएको छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा बिहिबार साँझदेखि भारी हिमपात भएको हो । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । चिसो बढेकाले सर्वसाधारण घरबाहिर निस्किन सकेका छैनन् ।

    जिल्लाभर बर्षासँगै उच्च पहाडहरुमा हिमपात भएको हो । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रमा भारी हिमपात भएको छ । स्थानीय सर्वसाधारणले त्यहाँ हिमपात भएका तस्विरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिरहेका छन् ।

    काठेखोला गाउँपालिकाको घोडाबाँधे, गलकोट नगरपालिकाको घुम्टेको लेक, जैमिनी नगरपालिकाको हाँडिकोट र गाजाको दहक्षेत्र, बडिगाड गाउँपालिकाको उच्च पहाडी क्षेत्र, तमानखोल र बरेङ गाउँपालिकाका टापुहरु तथा निसीखोला गाउँपालिकाको उपल्लो भेग पातिहाल्ने, भलकोट लगायतका क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि परेको हिउँ समान्य रहेपनि यस पटक बर्षकै भारी हिमपात भएको काठेखोला गाउँपालिका-५ का स्थानीय भरत सापकोटाले बताए ।

    बडिगाड गाउँपालिका-७ का स्थानीय शिक्षक दिनेश शर्माका अनुसार त्यहाँको जनजीवन निकै प्रभावित भएको छ । बडिगाडमा हिमपात हुँदा सर्वसाधारण पशुचौपायालाई घाँस दिनका लागि बाहिर निस्किन समेत सकेका छैनन् ।

    मध्यपहाडी लोकमार्गको बुर्तिबाङ पातिहाल्ने खण्डमा भारी हिमपात भएका कारण सडक अबरुद्ध छ । बागलुङबाट रुकुम, रुकुमबाट बागलुङका लागि हिँडेका सर्वसाधारण बिचबाटोमै अलपत्र छन् । ढोरपाटन-सालझण्डी सडक, सिगाना-बरेङ सडक सहित जिल्लाका उच्च पहाडी क्षेत्रमा पुग्ने शाखा सडकहरु समेत अबरुद्ध भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend