९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

प्यूठान जीप दुर्घटना अपडेट: एकै परिवारका तीनसहित मृतक ७ जनाको सनाखत


जनमञ्च संवाददाता
  • २२ माघ २०७८ , शनिबार

  • प्यूठान जीप दुर्घटना अपडेट: एकै परिवारका तीनसहित मृतक ७ जनाको सनाखत

    प्यूठान, २२ माघ – प्यूठानमा दुलहा दुलही सहित जन्ती बोकेको जिप दुर्घटनामा ज्यान गुमाउने ८ मध्ये सात जनाको सनाखत भएको छ। दुर्घटनामा परी एकै परिवारका श्रीमान, श्रीमती र छोरीको मृत्यु भएको छ।

    गौमुखी गाउँपालिका-६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए।

    त्यस्तै अन्य मृतकमा २९ वर्षीया केशरी खड्का, गाडी चालक ५० वर्षीय बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्का छन्। एक जनाको भने सनाखत हुन बाँकी रहेको अध्यक्ष गिरीले बताए ।

    अध्यक्ष गिरीका अनुसार दुर्घटनामा परि घाईते हुनेमा दुलहा २५ वर्षीय दानबहादुर खड्का, दुलही १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी छन्।

    घाइतेमध्ये दुलहीसहित तीन जनाको अवस्था गम्भीर छ। अध्यक्ष गिरीका अनुसार दुलहीको एउटा हात नै चुँडिएको छ। गम्भीर घाइते दुलहीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। दुलहा दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

    अध्यक्ष गिरीले रातीको समयमा दुर्घटना हुनु, उद्धारमा ढिलाई हुनु जस्ता कारणले धेरै घाइतेको मृत्यु भएको बताए।

    ‘रातभर पानी केही घाइतेको कठ्याङ्ग्रीएरसमेत घटनास्थलमै मृत्यु भएको हुनसक्छ,’ उनले भने, ‘थप दुई जनालाई पनि अस्पताल पुर्‍याउना साथ मृत घोषणा गरिएको थियो। अन्य चार घाइतेको अवस्था पनि गम्भीर छ।’ जन्तीमा गएकाहरू दुर्घटनामा पर्नुले गाउँपालिकामा सन्नाटा छाएको उनले बताए।

    प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार घटनास्थल विकट भएको र रातीको समय भएकाले ६ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको उपचारका लागि अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको हो।

    नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

    जिप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको छ । रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अहिले भने वर्षा रोकिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend