९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नीति कथा : आफू जस्तै रोजाइ


जनमञ्च संवाददाता
  • २३ माघ २०७८ , आइतबार

  • नीति कथा : आफू जस्तै रोजाइ

    एउटा गाउँमा एक जना किसान रमाएर बसेका थिए। खेतीपातीसँगै उनले तरकारी खेती पनि गरेका थिए। सँगै बाख्रा, कुखुरा र कुकुर पनि पालेका थिए। उनलाई आम्दानीका लागि आफूले पालेका कुकुरका बच्चाहरू बेच्न मन लाग्यो। उनले घरबाहिर ‘कुकुर बिक्री’को सूचना टाँस गरे।

    केही दिनसम्म केही मानिस आए। कुकुरका बच्चा हेरे। दाम सोधे तर किनेर लगेनन्। किन्नेभन्दा हेर्ने मानिस धेरै आए। एक सातासम्म मान्छे आइरहँदा पनि कसैले किनेर लगेनन्। एक सा“झ कसैले उक्त किसानको घरको ढोका ढक्ढक्यायो।

    दिक्क भएका किसानले ढोकै खोलेनन्। केहीबेरसम्म ती किशोरले ढक ढक गरिरहे। जे भए पनि ढोका खोलिदिन्छु भन्ठानेर किसान उठे। बाहिर हेर्दा दस वर्षको किशोर उभिइरहेका थिए।

    ती किशोरले भने– ‘म एउटा कुकुरको बच्चा किन्न चाहन्छु।’ किसानलाई लाग्यो, यी किशोरले पनि ओल्टाइ पल्टाइ हेर्छन् र छोडेर जान्छन्। ‘ठीकै छ, तर मैले बेच्न खोजेको कुकुरको बच्चा उन्नत जातको हो। यसको मूल्य पनि बढी पर्छ।’ किसानले भने। किशोरले गोजीबाट पा“च सय रूपैया“को नोट निकाले। किसानलाई दि“दै भने– ‘के यतिले पुग्छ ? कि अझै महंगो हो। थपौं ?’
    बल्ल बल्ल किन्ने मान्छे आएको बुझेपछि किसानले कुनै कुरै गरेनन्। मात्र हुन्छ भने।

    किसानले पैसा हातमा लिए। त्यसपछि किसानले आफूसित भएका कुकुरका बच्चाहरू देखाए। ती किशोरले अरू जस्तो धेरै केही गरेनन्। सर्लक्क एउटा त्यस्तो कुकुरको बच्चा छाने, जुन किसानले सोचेकै थिएनन्। अरू बच्चाभन्दा कमजोर र खुट्टा पनि राम्ररी चलाउन नसक्नेलाई छाने। त्यही बच्चालाई देखाउँदै किशोरले भने– ‘मलाई यही बच्चा दिनुस्।’

    ‘तर तिमीलाई यो बच्चा मन पर्दैन। किनभने यसको एउटा खुट्टा कमजोर छ र यो अरू बच्चा जस्तै दौड्न सक्दैन।’ किसानले भने। तर जब किशोर अगाडि बढे, तब किसानले देखे कि– किशोर पनि एउटा खुट्टा खोच्याएर हि“डिरहेका छन्। किशोरले किसानलाई भने– ‘केही फरक पर्दैन, यो कुुकुरको बच्चा अपांग भएकाले मलाई यही बच्चा मन पर्‍यो।’ किसान
    निःशब्द टोलाइरहे।

    नैतिक शिक्षा : जस्तो आफू रोजाइ पनि त्यस्तै। सबैलाई उत्कृष्ट चिजको मात्र रोजाइ हुन्छ भन्ने छैन।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend