९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

प्रचण्डको प्रस्ताव: एमसीसी चुनावपछि अघि बढाऔँ, ओली आफ्नै अडानमा


जनमञ्च संवाददाता
  • २३ माघ २०७८ , आइतबार

  • प्रचण्डको प्रस्ताव: एमसीसी चुनावपछि अघि बढाऔँ, ओली आफ्नै अडानमा

    काठमाडौं, २३ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव पछिमात्र एमसीसी अघि बढाउन प्रस्ताव गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको छलफलमा प्रचण्डले एमसीसी चुनावपछि अघि बढाउन प्रस्ताव गरेको एमाले नेता शंकर पोखरेलले जानकारी दिए ।

    उनका अनुसार प्रचण्डले एमालेलाई संसद् खुलाउन आग्रह पनि गरेका थिए । “उहाँ (प्रचण्ड)ले प्रतिपक्षले सदन सञ्चालन गर्न सहयोग गरोस् भन्नुभयो । उहाँले संयुक्त रूपमा चुनावपछि मात्र एमसीसी अघि बढाऔँ भनेर आग्रह गर्नुभएको थियो,” प्रचण्डको भनाइ उद्धृत गर्दै पोखरेलले भने ।

    प्रधानमन्त्री देउवाले भने एमसीसी पारित गर्न सहयोग गर्न सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले एमसीसीबारे सत्ता गठबन्धन स्पष्ट हुनुपर्ने बताएका थिए । उनले सत्ता गठबन्धन स्पष्ट भएमा आफूहरू एमसीसीबारे निर्णय गर्ने बताए ।

    उनले सदन सञ्चालनका लागि आफूहरूले राख्दै आएका मागहरू पूरा हुनुपर्ने बताएका थिए । ओलीले छलफलमा स्थानीय चुनावको मिति तत्काल सार्वजनिक गर्नुपर्ने पनि बताएका थिए । जवाफमा प्रधानमन्त्रीले चाँडै सार्वजनिक गरिने आश्वासन दिएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend