काठमाडौं, २४ माघ – कोरोना संक्रमण नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा लगाइएको जोर-बिजोर नियम आज (सोमबार) देखि हटाइएको छ। आजदेखि जोर-बिजोर दुवै नम्बरवाला गाडी एकसाथ चलाउन पाइन्छ।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसअनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) प्रशासन कार्यालयले आइतबार मध्यरातिदेखि लागू हुनेगरी सवारीसाधानमा जोर–बिजोर नियम हटाएका हुन्।
अरू के के नियम छन्? हेर्नुहोस् नयाँ आदेश (ललितपुर र भक्तपुरका आदेश पनि एकै छन्।)