८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

यस्ता छन् लता मंगेशकरले गाएका नेपाली गीत


जनमञ्च संवाददाता
  • २४ माघ २०७८ , सोमबार

  • यस्ता छन् लता मंगेशकरले गाएका नेपाली गीत

    काठमाडौं, २४ माघ – प्रसिद्ध गायिका लता मंगेशकरले गाएका हजारौं गीतमा केही नेपाली भाषाका गीत पनि छन्। गायिका लताको ९२ वर्षको उमेरमा आइतबार बिहान ८ः१२ बजे निधन भएको छ। कोभिड-१९ सङ्क्रमण भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा आइतबार ब्रीच अस्पतालमै निधन भएको हो।

    उनी भारतको मध्यप्रदेशमा २८ सेप्टेम्बर १९२९ मा जन्मिएकी थिइन्। उनका बुबा पण्डित दिनानाथ मंगेशकर सङ्गीतकार थिए। जसले गर्दा उनी सानैदेखि सङ्गीतसँग नजिक भइन्। उनले ५ वर्षकै उमेरमा बुबाका सङ्गीत नाटकमा अभिनय गर्न शुरू गरेकी थिइन्।

    सन् १९४२ मा उनका बुबाको निधन भयो। त्यसपछि १३ वर्षीय लताले अभिनयसँगै गीत गाउन शुरू गरिन्।

    त्यही वर्ष उनले मराठी फिल्म किटी हसलका लागि ‘नाचुँ या गडे, खेलुँ सारी मनी हौस भरी’ गीत गाएकी थिइन्। तर, अन्तिम समयमा फिल्मबाट गीत हटाइएको थियो।

    त्यसपछि सन् १९४२ बनेको मराठी फिल्म पहिली मंगला-गौरमा ‘नातली चैत्राची नभलाइ’ गीत गाएकी थिइन्।  त्यस्तै, सन् १९४६ मा बनेको हिन्दी फिल्म आप की सेवा मैंका लागि पहिलो हिन्दी गीत ‘पा ‘लगून का जोरी’ गाएकी थिइन्।

    त्यसपछि भने उनले अन्य भाषामा पनि गीत गाउन थालिन्। उनले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन्। जसमा नेपाली भाषाका गीत पनि छन्।

    लताले गाएको नेपाली चर्चित गीत ‘आकाशका तिरमिरे तारा’ हो। मबीबीशाहले लेखेको यो गीतमा हेमन्त कुमारले सङ्गीत भरेका थिए। यो गीत उसैको लागि-२ एल्बममा सङ्गृहीत छ।

    त्यस्तै, उनले गाएको अर्को गीत ‘जुन माटोमा मेरो’ हो। मबीबीशाहले लेखेको यो गीत उनले १९६६ मा बनेको नेपाली फिल्म माइती घर का लागि गाएकी थिइन्। यसमा जयदेव बर्माले सङ्गीत दिएका थिए।

    लताले गाएको अर्को नेपाली गीत ‘बाचुन्जेलीलाई’ हो। आनन्द अधिकारीले लेखेको यो गीत उनले गायक रामकृष्ण ढकालसँगै गाएकी थिइन्। यसमा शिखर सन्तोषले सङ्गीत दिएका थिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend