९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्थानीय तह निर्वाचन कार्यतालिका केही दिनमै : आयोग प्रवक्ता पौडेल


जनमञ्च संवाददाता
  • २५ माघ २०७८ , मंगलबार

  • स्थानीय तह निर्वाचन कार्यतालिका केही दिनमै : आयोग प्रवक्ता पौडेल

    काठमाडौं, २५ माघ – निर्वाचन आयोगले केही दिनभित्रमै स्थानीय तहको निर्वाचन कार्यतालिका प्रकाशन गर्ने बताएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेपछि आयोग निर्वाचनको तयारीमा लागिसकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

    ‘निर्वाचनको मिति घोषणा भइसकेपछि हामीले हिजो निर्णय गरेर ७७ वटै जिल्लामा मतदाता नामावली संकलनको कार्य स्थगित भएको अवस्था छ । केही दिनमा वैशाख ३० गते सम्मकै कामको कार्यतालिका निकाल्छौँ । अहिले छलफलकै क्रममा छ’ उनले भने ।

    अब आयोगले मतदाता नामावली अध्यावधिकको काम सुरु गर्ने उनले बताए । अन्तिम मतदाता नामावली प्रकाशित हुन भने अझै डेढ महिना लाग्ने पौडेलले बताए ।

    आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने पनि आयोगले बताएको छ । निर्वाचनका लागि १२० दिन समय पाउनुपर्नेमा अब केवल ९५ दिन मात्रै आयोगसँग भएकाले सबै काम फाष्ट ट्रयाकबाट गर्नुपर्दा खर्च बढ्ने प्रवक्ता शर्माले बताए ।

    ‘करिब करिब निर्वाचनका लागि आवश्यक पर्ने समयको २५ प्रतिशत कटौती भएको अवस्था हो । यसले गर्दा हामीले कतिपय कामहरु फाष्ट ट्रयाकमा गर्नुपर्ने अवस्था छ । यसले गर्दा केही प्रतिस्पर्धाहरु, लजिस्टिकहरु प्रतिस्पर्धाहरु लिमिटेड हुनसक्ने अवस्थाहरु छन्’ उनले भने ।

    स्थानीय तह निर्वाचनका लागि हालसम्म दर्ता भइसकेका १०५ र अब दर्ता हुने दलले पनि भाग लिन पाउने आयोगले बताएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend