९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

चार मिनेटमै कोरोना परीक्षणको नतिजा देखाउने यन्त्र निर्माण !


जनमञ्च संवाददाता
  • २६ माघ २०७८ , बुधबार

  • चार मिनेटमै कोरोना परीक्षणको नतिजा देखाउने यन्त्र निर्माण !

    बेइजिङ – चिनियाँ वैज्ञानिकहरुले कोभिड-१९ को परीक्षण गर्ने नयाँ यन्त्र निर्माण गरेका छन् जसले चार मिनेटमै नतिजा देखाउन सक्ने बताइएको छ । यसबाट प्राप्त नतिजा पीसीआर परीक्षण जत्तिकै स्तरमा सही भएको पनि बताइएको छ ।

    सांघाइको फुदान युनिभर्सिटीका खोजकर्ताहरुले यसलाई अझ विकसित गर्ने हो भने यो यन्त्रलाई विमानस्थल, क्लिनिक, आपतकालीन विभाग र घरमा पनि व्यापक रुपमा कोभिड परीक्षणका लागि प्रयोग गर्न सकिने बताएका छन् ।

    पीसीआर भन्दा विपरीत यसमा धेरै समय लाग्ने ल्याबको विश्लेषण आवश्यकता नपर्ने हुनाले पनि छिटै नतिजा निकाल्न सकिन्छ । यो यन्त्रले डीएनएबाट बनेको एकदम सुक्ष्म ‘मेकानिकल’ तत्वलाई ‘माइक्रोइलेक्ट्रोनिक्स’ सँग मिलाएर स्वाबको स्याम्पलमा भाइरसको ‘जेनेटिक मटेरियल’ पहिचान गर्छ । अनि त्यसलाई इलेक्ट्रिक सिग्नलमा परिणत गर्दछ । यसपछि स्मार्टफोन या कम्प्युटर जेसँग कनेक्ट गरिएको हुन्छ त्यसैमा नतिजा पठाउँछ ।

    चलाउनमा सजिलो, उच्च संवेदनशीलता, सटिकता र बोकेर यताउती गर्न पनि एकदमै सहज भएको हुँदा तिव्र गतिमा नतिजा निकाल्न यो यन्त्र धेरै फाइदाजनक साबित हुन सक्ने विज्ञहरुको टोलीले ‘नेचर बायोमेडिकल इन्जिनियरिङ’ जर्नलमा लेखेका छन् ।

    कोभिडको अधिक संक्रमक भेरियेन्ट ओमिक्रोन र डेल्टा बढ्दो रुपमा फैलिएसँगै विश्वव्यापी कोभिड टेस्टिङ उपकरणको माग एकदमै उच्च बन्न पुगेको छ । त्यसैले स्वदेश र विदेशको लगातार बढ्दो माग धान्न चिनियाँ टेस्टिङ किट निर्माताहरु ठूलो दौडधुप गरिरहेका छन् ।

    विश्व स्वास्थ्य संगठनले अहिलेसम्म पीसीआर परीक्षणले नै कोभिडको सबैभन्दा सहि नतिजा निकाल्न सक्ने उल्लेख गरेको छ ।

    तर यसमा स्याम्पलहरु प्रशिक्षित अधिकारीहरुले ल्याबमा परीक्षण गराउनु पर्ने हुन्छ भने नतिजा एक दिनदेखि केही दिनसम्म पाउन सकिन्छ ।

    अर्कोतर्फ एन्टिजेन परीक्षण चाहिँ जहाँसुकै गर्न सकिन्छ । यो धेरै सस्तो र सजिलो पनि लाग्छ त यसको नतिजा पीसीआर जत्तिको सही हुँदैन ।

    यस्तोमा फुदान खोजकर्ताहरुका अनुसार यो नयाँ यन्त्रले संकलित सबै स्वाबको नतिजा प्रति व्यक्ति चार मिनेटमै देखाएको छ ।

    ती सबै स्याम्पलहरुको अगाडि नै पीसीआर परीक्षण पनि गरिएको थियो । त्यसैले यसले जाँच गरिएका ५४ स्याम्पलमा कोभिड नभएका कसैमा पनि गलत ‘पोजेटिभ’ नदेखाएको रिपोर्टमा उल्लेख छ । यसमा २३ जनाको समुहलाई ज्वरो आएपनि पीसीआरमा नेगेटिभ आएको थियो भने ६ जनालाई चाहिँ रुघाखोकी थियो र बाँकी २५ स्वस्थ स्वयमसेवकहरु रहेका थिए ।

    विज्ञहरुको टोलीले भनेको छ, “यसले पूर्ण रुपमा पीसीआरबाट प्राप्त नतिजा नै देखाएको छ । ” यसैगरी रिपोर्टमा यो यन्त्र भविष्यमा अन्य रोगहरुको पहिचान गर्न पनि उपयोगी हुन सक्ने बताइएको छ । जर्नलमा लेखिएको छ, “कोभिड-१९ बाहेक यसको ‘मोलिक्युलर इलेक्ट्रोमेकानिकल’ प्रणालीले अन्य रोगहरुको पनि पहिचान पनि केही मिनेटमै नतिजा देखाउन सक्छ । यसमा किटाणुको ‘एम्प्लिफिकेसन या कल्चर’ गर्न समेत जरुरी पर्दैन जसका लागि सामान्यतय केही घण्टा या दिन लाग्ने गर्दछ ।”
    साउद चाइन मर्निङ पोस्ट 

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend