९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मतदाता नामावलीमा आफ्नो नाम भए, नभएको कसरी हेर्ने ? (तरिकासहित)


जनमञ्च संवाददाता
  • २७ माघ २०७८ , बिहिबार

  • मतदाता नामावलीमा आफ्नो नाम भए, नभएको कसरी हेर्ने ? (तरिकासहित)

    पोखरा, २७ माघ – सरकारले सोमबार स्थानीय तहको चुनाव वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको छ। जनताले पहिलो पटक पाँच वर्षअघि स्थानीय सरकार पाएका हुन्। सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमै पुगेको छ। स्थानीय तहले छोटै समयमा संघीयता संरचनाको आभाष दिलाएका छन्। अधिकारहरू विकेन्द्रीकृत रूपमा प्रत्यायोजन भएका छन्।

    सोमबार निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले मंगलबारदेखि नयाँ मतदाता नामावली संकलन गर्न बन्द गरिसकेको छ। यसले गर्दा आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तपाईंले भोट दिन पाउनुहुन्छ कि हुन्न ? मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन? यसरी हेर्न सकिन्छ।

    यसरी हेर्नुहोस् आफ्नो नाम छ/ छैन ?

    १. सबैभन्दा पहिले तपाई निर्वाचन आयोगको वेवसाइट ( https://election.gov.np/np/page/voter-list ) मा क्लिक गर्नुहोस्।

    २. त्यसपछि टेबलमा तपाईंको प्रदेश, जिल्ला, आफू बस्ने गाउँपालिका वा नगरपालिकाको नाम छान्नुहोस्।

    ३. त्यसपछि तपाईंले तल्लो टेबलमा वडा नम्बर र आफूले मतदान गर्ने केन्द्र पनि छनोट गर्नुहोस् ।

    ३. त्यसपछि सबमिट (SUBMIT) लेखेको बटममा क्लिक गर्नुहोस्।
    ४. त्यसपछि नामावली देखिन्छन्। जहाँ तपाईको नामको पहिलो अक्षरमा क्लिक गर्नुहोस् र वर्णानुक्रम अनुसार आफ्नो नाम भए,नभएको हेर्न सक्नुहुन्छ।


    ५. यदि तपाईलाई आफ्नो फोटोसहितको पूरा विवरण हेर्ने चाहेमा आफ्नो नाम पछाडि रहेको मतदाता विवरणमा क्लिक गरेपछि आउने नयाँ टेबलमा आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्छ। त्यससछि चित्रमा दिएको अक्षर खाली ठाउँमा जस्ताको तस्तै लेखेपछि तपाईंको पूर्ण विवरण देखाउँछ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend