९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
गठबन्धनबारे तत्कालै नबोल्ने

कांग्रेसको निष्कर्ष : अन्योल हटाएर एमसीसी संसदमा लैजाने


जनमञ्च संवाददाता
  • २७ माघ २०७८ , बिहिबार

  • कांग्रेसको निष्कर्ष : अन्योल हटाएर एमसीसी संसदमा लैजाने

    काठमाडौं, २७ माघ – प्रमुख सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनमा अहिले देखिएको अन्योल हटाएर संसदमा लैजाने भएको छ।

    पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले स्थानीय तह निर्वाचनमा सशक्त रुपमा प्रस्तुत हुने निचोड पनि निकालेको छ।

    पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार अहिले पार्टीलाई स्थानीय तह निर्वाचनतर्फ केन्द्रित गर्नेबारे छलफल भएको छ।’स्थानीय तह निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने विकल्पबारे आजको बैठकमा कुरा भएको छ’, महतले भने।

    उनका अनुसार भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्यायाद सकिएको र रिक्त रहेको नेतृत्वबारे पनि छलफल भएको छ।

    पार्टीलाई विधान अनुसार चलाउने प्रश्न उठिरहेका बेला त्यसबारे पनि कुरा भएको महतले बताए। ‘विधानसम्मत नै गरेर लैजाने हो’, उनले भने, ‘भ्रातृ संगठनलाई पनि प्रभावकारी बनाउने कुरा भएको छ।’

    महतले एमसीसीबारे अहिले देखिएको अन्यौल समाप्त गरेर संसदीय प्रक्रिया अघि बढाउनुपर्ने गरी कुरा भएको पनि बताए।

    ‘एमसीसीबारेमा पनि बैठकमा छलफल भएको छ। अहिले देखिएको अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ’, बैठकमा भएको छलफलबारे महतले भने, ‘एमसीसीलाई संसदमा लगेर पारित गर्नुपर्छ।’

    बैठकमा अहिले नै पाँच दलीय गठबन्धनबारे कुनै निर्णय नगरिएको पनि महतले बताए।

    ‘गठबन्धनको विषयमा निर्णय गर्ने बेला भएको छैन। सबै दलले आफ्नो आधारबारे मूल्याङ्कन गर्लान्’, उनले भने, ‘उपयुक्त समयमा निर्णय आउँछ।

    महतका अनुसार शुक्रबार दिउँसो २ बजे बस्ने गरी आजको कार्यसम्पादन समिति बैठक स्थगित गरिएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend