९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पोखरा महानगरमा एमालेले निर्वाचन केन्द्रित कार्यक्रम गर्दै


जनमञ्च संवाददाता
  • २७ माघ २०७८ , बिहिबार

  • पोखरा महानगरमा एमालेले निर्वाचन केन्द्रित कार्यक्रम गर्दै

    पोखरा, २७ माघ – नेकपा (एमाले) कास्कीले टोल कमिटि गठनलाई तिव्रता दिएको छ । एमाले र माओबादी केन्द्रवीच एकिकरण भएपछि टोलदेखि केन्द्रसम्मका अधिवेशन विगत आठ वर्षदेखि नहुदाँ चलायमान बन्न सकेको थिएनन् ।

    सर्वोच्च अदालतको फैसालबाट एमाले र माओबादी केन्द्र साविककै अवस्थामा फर्केपछि एमालेले पार्टीको केन्द्रीय, जिल्ला, पालिका र वडा कमिटिहरुको अधिवेशन सम्पन्न गदै नयाँ नेतृत्व चयन गरेको छ ।

    नयाँ नेतृत्व चयन भएसंगै एमालेले टोल कमिटिहरु पूर्नगठन लगायतका संगठनका गतिविधिलाई तिव्रता दिएको हो । टोल कमिटि गठन अन्र्तगत बुधबार पोखरा २४ कास्कीकोटमा टोल कमिटिहरु पूर्नगठन गरेको छ। पोखरा २४ राउसेओडार गिरी गाँउ, थापागाउ टोल कमिटि अध्यक्षमा चन्दन पुरी, पाटेस्वारा छिपछिपेपानी टोल कमिटी अध्यक्षमा नविन त्रिपाठी चयन भएका छन् ।

    साबिक वडा नम्बर छ को टोल कमिटीमा राज विश्वकर्मा, मौला टोल कमिटि अध्यक्षमा टिकाराम त्रिपाठी चयन भएका छन् । राउसे ओडार गिरी गाँउ, थापा गाँउमा एमाले जिल्ला कमिटि सदस्य एवं वडा अध्यक्ष ओम सुवेदी, जिल्ल्ला कमिटि सदस्य एकराज गिरी, महागनर कमिटि सदस्य, अग्निधर त्रिपाठी, एमाले वडा कमिटि उपाध्यक्ष लोकराज गिरी, सल्लाहकार कमिटि सदस्य धर्म गिरी, महानगर युवा परिषद सदस्य प्रकाश गिरी लगायतले बोलेका थिए ।

    त्यस्तै प्रदेश कमिटि सदस्य टंकप्रसाद सुवेदी, जिल्ला कमिटि सदस्य विवेक त्रिपाठी, सगिता सुवेदी, महानगर सदस्य मनहरी त्रिपाठी, एमाले वडा कमिटि अध्यक्ष शिबप्रसाद सुवेदी लगायतले पोखरा २४ मा एमालेको विरासतलाई कायम राख्दै अवको स्थानीय तहको निर्वाचनमा विजयी गराउने गरी एकताबद्ध भएर अगाडी बढनुपर्नैमा जोड दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend