जनकपुर, २८ माघ – मधेश प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउने भएको छ। आगामी फागुन १ गते मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेको हो।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले विज्ञप्ति जारी गर्दै जनयुद्ध दिवसको अवसरमा आइतबार मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी गराएका हुन्।
मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा मधेशका प्रत्येक जिल्लाका ५ जना जनयुद्धका सहिदका परिवारलाई जनही एकलाख रुपैयाँ आर्थिक सहायता समेत उपलब्ध गराउने तयारी गरेको छ।