२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

पोखरा महानगरको १० औं नगरसभाबाट ५ विधेयक पारित


जनमञ्च संवाददाता
  • २९ माघ २०७८ , शनिबार

  • पोखरा महानगरको १० औं नगरसभाबाट ५ विधेयक पारित

    पोखरा, २९ माघ – पोखरा महानगरपालिकाको १० औं नगरसभाले ५ विधेयक पारित गरेको छ । शुक्रबार पोखरा सभागृहमा सम्पन्न सभाले ५ वटा विधेयक पारित गरेको महानगरले जनाएको छ । नगरसभाले ४ विधेयक संशोधन गरेको हो भने १ नयाँ विधेयक पारित गरेको हो ।

    शुक्रबारको सभाले कर्मचारी सेवा विधेयक २०७८ पारित गरेको छ । यस्तै, बालिबालिका अधिकार व्यवस्थित गर्न बनेको ऐनको दोस्रो संशोधन, खेलकुद विकास समिति खर्च निर्देशिका प्रथम संशोधन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐनको प्रथम संशोधन, आर्थिक वर्ष कार्यक्रम संशोधन गरिएको छ ।

    नगरसभाले आ।वं ०७८/७९ को चालु वार्षिक विनियोजित वजेटबाट अत्यावश्यक योजनामा वजेट रकमान्तर गर्न उपप्रमुख मञ्जुदेवी गुरुङबाटसभा समक्ष संशोधन प्रस्ताव पेश भएकोमा नगरसभाले सो संशोधन प्रस्तावलाई पनि पारित गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend