बागलुङ, २९ माघ – नेकपा एमाले ढोरपाटन नगरपालिकाको अध्यक्षमा ऋतुवर्ण पौडेल चयन भएका छन् । शनिवार समपन्न पार्टी नगर कमिटीको वैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
नगर अधिवेशनबाट अध्यक्षमा निर्वाचित कमिटीका अध्यक्ष लक्ष्मण पुन एमालेको जिल्ला अधिवेशनमा जिल्ला उपाध्यक्षमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो ।
रिक्त पदमा नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा पौडेललाई अध्यक्षमा चयन गरेको पार्टी उपाध्यक्ष लक्ष्मण पुनले वताए ।
एमाले बागलुङले शनिवार एकै दिन जिल्लाका १० वटै पालिका कमिटीको वैठक समपन्न गरेको छ । जिल्ला कमिटीको वैठकको निर्णय अनुसार एकै दिन सवै पालिका कमिटीको वैठक समपन्न गरेको सचिव विष्णु भुषालले वताए ।