९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमालेलाई सहमतिमा ल्याएर संसद् सुचारु गर्ने सर्वदलीय बैठकको निर्णय


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०७८ , सोमबार

  • एमालेलाई सहमतिमा ल्याएर संसद् सुचारु गर्ने सर्वदलीय बैठकको निर्णय

    काठमाडौं, २ फागुन – सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा संसद् सुचारु गराउन गम्भीर पहल गर्ने सहमति भएको छ ।
    प्रमुख प्रतिपक्ष दल एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुचारु गराउन सरकार र सत्तारुढ दलहरूले गम्भीर पहल गर्ने महत्वपूर्ण सहमति गरिएको सभामुख सापकोटाले जानकारी दिए ।
    उनले संसदमा विचाराधीन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरू पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरूको ध्यानाकर्षण गरेको पनि बताए ।
    सभामुख सापकोटाले एमालेसँग संवाद गरेर संसद् सुचारु गराउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको विश्वाससमेत व्यक्त गरे । ‘राष्ट्रिय महत्वका विषयमा आमसहमति बन्दा धेरै राम्रो हुन्छ । र, त्यो सहमति बनाउनका लागि सबैले पहल, प्रयत्न गर्ने भन्ने कुरा भएको छ,’ सभामुख सापकोटाले भने, ‘मलाई के लागेको छ भने, यो आजको बैठकले संसद् सुचारु गर्नका लागि सबैलाई गम्भीर बनाएको छ । यसका लागि गम्भीर पहल गर्ने अनुभूति भएको छ ।’
    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतिमा ल्याएर संसद् सुचारु गराउने विषयमा छलफल गरिएको सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले बताए । उनले एमालेले जुन विषय उठाएर जनताको सार्वभौम थलो संसद्लाई अवरुद्ध पारिरहेको छ, त्यो गैरकानुनी, असंवैधानिक र गलत रहेको बताए ।
    ‘संसद्लाई कसरी सुचारु गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल भएको छ । त्यसैगरी संसदमा विचाराधीन ४२ वटा विधेयकहरूलाई अघि बढाउने विषयमा पनि छलफल गरिएको छ,’ सांसद श्रेष्ठले भने, ‘प्रतिपक्षलाई पनि सहमतिमा ल्याएर संसद् सुचारु गराउने सहमति भएको छ । एमालेले संसद् अवरुद्ध जुन विषय उठाएर गरेको छ, त्यो असंवैधानिक, गैरकानुनी र गलत छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend