२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

आयरल्याण्डसँग नेपाल १६ रनले पराजित


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०७८ , सोमबार

  • आयरल्याण्डसँग नेपाल १६ रनले पराजित

    काठमाडौं, २ फागुन – नेपालले टेस्ट राष्ट्रलाई पहिलो पटक पराजित गर्ने मौका गुमाएको छ । १ सय २८ रनको लक्ष्य लिएर आएको नेपाललाई चारदेशीय ट्वान्टी-२० शृंखलामा सोमबार आयरल्यान्डले १६ रनले पराजित गर्‍यो ।

    नेपालले टस जितेपछि ब्याटिङमा आएको आयरल्यान्ड ओमानको मस्कटमा पूरा २० ओभर खेलेर १ सय २७ रनमा अलआउट भयो । आयरल्यान्डले दिएको लक्ष्य नेपालले १३.३ ओभरभित्र पूरा गरेको भए प्रतियोगिता नै जित्ने थियो । तर‚ नेपालले २० ओभरमा ९ विकेट गुमाई १ सय ११ रनमात्र बनाउन सक्यो ।

    नेपालबाट पुनः दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन बनाए भने आसिफ शेख २३, कुशल भुर्तेल १५ र कमलसिंह ऐरी १३ रनमा आउट भए । लोकेश बम ६, ज्ञानेन्द्र मल्ल ५, शरद भेषावकर १ र कुशल मल्ल ९ रनमै आउट भए ।

    नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो । आयरल्यान्डसँग पराजित भएसँगै नेपाल पुछारमा पुगेको छ । जितसँगै आयरल्यान्डले नेपाललाई रन रेटमा उछिनेको छ ।

    यसअघि दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिँदै उत्कृष्ट बलिङ गरे । नेपाली खेलाडीको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो चौथो उत्कृष्ट बलिङ प्रदर्शन हो । वसन्त रेग्मीले सन् २०१५ मा उत्तरी आयरल्यान्डको बेलफास्टमा हङकङविरूद्ध १६ रन खर्चेर ४ विकेट लिनु नेपाली खेलाडीको यसअघिको उत्कृष्ट बलिङ हो ।

    पावर प्लेको ६ ओभर समाप्तिमा ३ विकेट गुमाई ३५ रनमात्र बनाउन दिएर आयरल्यान्डलाई नेपालले सुरुवातदेखि नै नियन्त्रणमा राखेको थियो । कमलसिंह ऐरीले पहिलो ओभरमै पाउल स्टर्लिङलाई २ रनमा बोल्ड गरे भने

    ग्यारेथ डेलानीलाई आउट गर्दै जितेन्द्र मुखियाले नेपाललाई दोस्रो सफलता दिलाए । ९ रन बनाएका डेलानीलाई जितेन्द्रले सानदार कट एन्ड बोल्ड गरे । पाँचौं ओभरमा पहिलो पटक बलिङ आक्रमणमा आएका अविनाश बोहराले कप्तान एन्डी बालब्रिनलाई १९ रनमा बोल्ड गरे । १३ बलमा ३ चौका प्रहार गर्दै बालब्रिनले १९ रन बनाए ।

    दीपेन्द्रले कुर्टिस क्याम्फरलाई २० र शेन गेटकेट १४ रनमा आउट गरे भने लोर्कान ट्रकर र सामी सिंह पनि दीपेन्द्रको शिकार भए । जर्ज डकरेलले २२ बल खेली २ चौका र १ छक्कासहित आयरल्यान्डबाट सर्वाधिक २८ रन बनाए ।

    उनलाई आउट गर्दै कप्तान सन्दीप लामिछाने ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीपले २९ खेलमा यो सफलता हात पारेका हुन् । योसँगै उनी तेस्रो सर्वाधिक चाँडो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने खेलाडीसमेत बनेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend