२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

बागलुङ काँग्रेसले ‘जनतासँग नेपाली काँग्रेस’ कार्यक्रम सञ्चालन गर्दै


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०७८ , मंगलबार

  • बागलुङ काँग्रेसले ‘जनतासँग नेपाली काँग्रेस’ कार्यक्रम सञ्चालन गर्दै

    बागलुङ, ३ फागुन – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेस बागलुङले ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ । जिल्लाका दश वटै स्थानीय तहका प्रत्येक गाउँ, वडा र टोलसम्म पुग्ने गरी उक्त अभियान संचालन गर्न लागेको हो ।
    काँग्रेस बागलुङको सोमबार जिल्लाको गलकोट हटियामा बसेको जिल्ला कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । अभियानमा तल्लो तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्नुका साथै प्रशिक्षणका कार्यक्रम संचालन गरिने काँग्रेस बागलुङका सभापती जीत शेरचनले बताए । ‘काँग्रेसले स्थानिय तहको निर्वाचन केन्द्रीत भएर अभियान संचालन गर्नेछ । यो अभियान पार्टीको संगठन सुदृढिकरणका निम्ती सार्थक बन्नेछ’, सभापति शेरचनले भने, ‘हरेक गाउँ र टोल सम्म नेतृत्व पुग्ने छ । कार्यकर्तासँग अन्तरक्रिया गर्छाै, समस्या बुझछौं र समाधानको बोटो खोज्नेछौं ।’
    उनले आगामी स्थानिय तहको निर्वाचनका लागि काँग्रेसले छिट्टै रणनिति तय गर्ने बताए । अभियान आगामी सातादेखी नै संचालन हुने र हरेक स्थानिय तहका लागि जिल्ला तहकै नेतालाई जिम्मेवारी प्रदान गर्ने काँग्रेस बागलुङले बताएको छ ।
    बैठकले महासमिति सदस्यको निर्वाचनका लागि फागुन ७ गते मनोनयन दर्ता गर्ने र फागुन ९ गते गर्ने गरी निर्वाचनको मिति तय गरेको काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले बताए ।
    क्षेत्रीय अधिवेशनमा नै महासमिति सदस्यका लागि निर्वाचन हुनुपर्नेमा केहीको निर्विरोध भएता पनि केहीमा भने बाँकी रहेका कारण केन्द्रिय निर्देशन अनुसार मिति तय गरिएको सचिव शर्माले बताए ।
    काँग्रेस बागलुङले निर्माण गर्न लागेको विपी स्मृती भवनको निर्माणको अभियानमा बैठक मार्फत सवै क्रियाशिल सदस्य देखी सवै तहका पदाधिकारी सदस्यहरुलाई सहभागी हुन आग्रह गरिएको छ ।
    नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य चम्पा खड्का, पुर्व सभापति कुलराज शर्मा, निवर्तमान सभापति दिपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश सदस्य अर्जुन शेरचन, जिल्ला कार्यसमितिका उपसभापति तारानाथ शर्मा, सचिवद्धय गण्डकी थापा अधिकारी, हरिहर शर्मा, सहसचिव ज्ञानु श्रीष शर्मा, महाधिवेशन प्रतिनिधि जगदशिचन्द्र उपाध्याय, क्षेत्रीय सभापति जोकलाल बुढा, प्रदेश क्षेत्रीय सभापति मेषलाल शर्मा, तिलक घर्ति, सन्तोष कुँवर, बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबु, गलकोट नगरपालिकाका सभापति विरजंग भण्डारी, ढोरपाटन नगरपालिका सभापति कल्याण कायत लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टीको संगठन निर्माणलाई मजबुत बनाउन र आगामी स्थानिय तहमा काँग्रेसलाई जिताउनका निम्ती रणनिति तयार पारेर लाग्नुपर्ने बताएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend