९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

नि:शुल्क दिइने कोभिड खोपमा पैसा लिएको पाइयो : छानबिन प्रतिवेदन


जनमञ्च संवाददाता
  • ४ फाल्गुन २०७८ , बुधबार

  • नि:शुल्क दिइने कोभिड खोपमा पैसा लिएको पाइयो : छानबिन प्रतिवेदन

    काठमाडौं, ४ फागुन – कोभिड-१९ विरुद्धको खोप बेचेको सरकारी छानविन समितिको ठहर छ।

    २४ लाख खोप हराएको विषयमा चर्को आलोचना भएपछि गठित समितिले निःशुल्क दिनुपर्ने खोप लगाउँदा पैसा लिएको पाइएको प्रतिवेदन बुझाएको हो। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

    समितिले अनियमितता गर्नेलाई कारवाही सिफारिश गर्न समिति गठन गर्नुपर्ने माग समेत गरेको छ।

    सरकारले १६ माघमा डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

    २४ लाख खोपको हराएकोमा प्रश्न उठेपछि छानबिनका लागि गत माघ १६ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो।

    कोभिड १९ विरुद्धको खोप मौज्दात र उपभोगको अभिलेख राख्न गठन गरिएको छानबिन समितिले प्रतिवदेन सार्वजनिक गरेको हो।

    समिति संयोजकमा संयोजकमा डा. गुणराज लोहनी, प्रमुख विशेषज्ञ सदस्य यशोदा अर्याल, प्रमुख जनस्वास्थ्य प्रशासक सदस्य अनिल थापा, उपसचिव (तथ्यांक) सदस्य डा. अभियान गौतम, उप–स्वास्थ्य प्रशासक सदस्यसचिव डा. गुण निधि शर्मा, वरिष्ठ स्वास्थ्य प्रशासक रहेका थिए ।

    नेपालमा २०७७ माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend