९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

निषेधित क्षेत्र तोडेर प्रदर्शन, संसद् भवन गेटसम्मै पुगे प्रदर्शनकारी


जनमञ्च संवाददाता
  • ४ फाल्गुन २०७८ , बुधबार

  • निषेधित क्षेत्र तोडेर प्रदर्शन, संसद् भवन गेटसम्मै पुगे प्रदर्शनकारी

    काठमाडौं, ४ फागुन – अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलको आह्वानमा संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ ।

    एमसीसीको विरोधमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन प्रवेश गर्ने १ नम्बर गेट अगाडि उनीहरुले प्रदर्शन गरेका थिए ।

    नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेस्ट  होटल अगाडि ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र घोषणा गरेकाले प्रहरीले त्यसभन्दा अगाडि आउन दिएको छैन ।

    तर निजामती कर्मचारी अस्पताल नजिकैबाट प्रदर्शनकारीहरु संघीय संसद भवनको दक्षिण गेटसम्म पुगेर प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसी खारेज गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारी संघीय संसदको गेटमै पुगेपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट लखेट्न पानीको फोहरा हानेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend